Logo
७ बैशाख २०८१, शुक्रबार
(June 25, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संसदमा पुग्यो ‘गलबन्दी’ को विवाद, सरकारलाई गम्भीर कदम चाल्न सांसदहरुको आग्रह

काठमाडौं : गीत संगीतको प्रतिस्प्रधाले आकाश चुमिएको बेला पनि सबै दर्शक श्रोता धेर्र रुचाईएको प्रकाश सपुतको गलबन्दी च्यातियो…..गीतको भाका आफ्नो गीतबाट चोरेको आरोप अर्का गायक शम्भु राईले लगाएपछिको विवाद प्रतिनिधिसभामा पनि पुगेको छ ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै सांसदहरूले यो विवादबारेमा प्रश्न उठाएका हुन्। सांसद बिमला बिकले प्रकाश सपुत र शान्ति श्री परियारले गाएको गलबन्दी च्यातियो तिमिले… गीत कपी गरेको आरोपमा गायक राईका समर्थकले सिंगो दलित समुदायमाथि आक्रमण गरेको भन्दै आक्रोश पोखिन् ।

उनले आफ्नो गीत प्रकाश सपूतले चोरेको दाबी गर्ने शम्भु राईलाई समर्थन गर्ने नाममा कलाकार र सर्जकमाथि अपमान गरिएको भन्दै कानुनी दायरामा ल्याएर अबिलम्ब कारवाही गर्न माग गरिन ।

सांसद महेश्वर जंग गहतराजले प्रकाश सपुत र शान्तिश्री परियारलाई अपमानित र निरुत्साहित गरिएको गुनासो गरे। उनले सिंगो समुदायलाई नै अपमानित गर्ने गरी सामाजिक संञ्जालमा भइरहेका गतिविधि नियन्त्रणका लागि सरकारलाई गम्भीर कदम चाल्न आग्रह गरे।

प्रकाशित मिति: Jun 25, 2019

प्रतिक्रिया दिनुहोस्