Logo
१३ बैशाख २०८१, बिहीबार
(June 12, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रहरीद्वारा लागुऔषध कारोवारीमाथि गोली प्रहार

पोखराको उत्तमचोकमा एक लागुऔषध कारोवारीमाथि प्रहरीले गोली चलाएको छ । लागुऔषध बोकेर हिँडेको सूचनाको आधारमा बुझ्न गएको प्रहरीमाथि आक्रमणको प्रयास गरेपछि प्रतिरक्षाका लागि गोली चलाएको प्रहरीले जनाएको छ ।

लागुऔषध कारोवारीले प्रहरीमाथि आक्रमण गरेपछि नियन्त्रणमा लिने क्रममा प्रहरीले घुँडाभन्दा तल खुट्टामा गोली चलाएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ता गणेश सुवेदीले जानकारी दिए । उनका अनुसार प्रहरीले चलाएको गोली लागेपछि घाइते भएका लागुऔषध कारोवारी जोनर डिके भनिने करीब ३० वर्षीय गोविन्द थापाको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार भइरहेको छ ।

प्रहरीले थापाको साथबाट नर्फिन, फेनार्गन र डाइजोपामलगायतका १ हजार ५०० थान लागुऔषध बरामद गरेको जनाएको छ । लागुऔषध कारावबारी थापा यसअघि कतारमा सन् २०१४ देखि २०१८ सम्म कारागार बसेका थिए भने नेपालमा २०७५ साल वैशाख २ गते ज्यान मार्ने उद्योगमा कारागार चलान भएका थिए ।

लागुऔषध कारोवारीको आक्रमणबाट एक प्रहरी असई सन्तोष सुवेदीको बायाँ खुट्टा र तिघ्रामा चोट लागेको उनले जानकारी दिए । प्रहरीले घटनाको बारेमा थप अनुसन्धान शुरु गरेको जनाएको छ ।

प्रकाशित मिति: Jun 12, 2019

प्रतिक्रिया दिनुहोस्