Logo
५ जेष्ठ २०८२, आईतबार
(May 10, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आन्तरिक राजस्व कार्यालय जनकपुरले गरे कर नतिर्ने ४९ व्यवसायीको नाम सार्वजनिक

आन्तरिक राजस्व कार्यालय जनकपुरले कर तिर्न आनाकानी गर्ने र सम्पर्कमै नआउनेहरु बढ्न थालेपछि कर कार्यालयहरुले धमाधम सार्वजनिक सूचनानै निकालेर कर तिर्न आउनु भन्दै अपिल गर्न थालेका छन् । साथै ४९ जना उद्योगी व्यवसायीको नामको सुचि सार्वजनिक गरेको छ ।

यसमा आयल स्टोर्स सञ्चालन गर्नेदेखि इट्टा उद्योगीसम्म छन् । धेरैजसो इट्टा उद्योगीले मूल्य अभिबृद्धि कर (मुअकर) तिरेका छैनन् ।

ती ४९ जना उद्योगीलाई अनलाइन म्यासेज, पत्राचार तथा फोन सम्पर्क गर्दापनि हालसम्मको बक्यौता रकम दाखिला नगरेपछि अब सात दिनको समय दिएर सोभित्र कर तिर्न आउँन आन्तरिक राजस्व कार्यालय जनकपुरले भनेको छ ।

यदि सो अवधिमा बक्यौता रकम भुक्तानी नगरे कारबाही हुने जनाएको छ ।

प्रकाशित मिति: May 10, 2019

प्रतिक्रिया दिनुहोस्