Logo
४ जेष्ठ २०८२, शनिबार
(May 6, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुन तस्करीमा संलग्न नेपाल एयरलाइन्सका कर्मचारी विमानस्थलबाटै पक्राउ

काठमाडौं :  पटक-पटक सुन तस्करी हुँदै आएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलाबाट फेरि एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नेपाल एयरलाइन्सका कर्मचारी नै रहेको खुलेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (डीएसपी) होविन्द्र बोगटीका अनुसार नेपाल एयरलाइन्सका कर्मचारी रन्जित कुमार यादव पक्राउ परेका हुन् । तस्करीको सुन पास गर्दै गरेको अवस्थामा विमानस्थलमा खटिएका प्रहरी टोलीले यादवलाई पक्राउ गरेको बताइएको छ ।

उनको साथबाट ३० तोला सुन बरामद भएको जानकारी दिँदै बोगटीले उनीमाथि थप अनुसन्धान भइरहेको बताए ।

प्रकाशित मिति: May 6, 2019

प्रतिक्रिया दिनुहोस्