Logo
७ जेष्ठ २०८२, मंगलबार
(May 3, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

काठमाडौंमा बढ्न थाले दिउँसै लुटपाटका घटना

काठमाडौं : काठमाडौंमा दिउँसै लुटपाटका घटना बढ्न थालेका छन् । बिहीबार दिउँसो स्वयम्भू ठूलो भर्‍याङमा एक युवकको १५ लाख रुपैयाँ लुटिएको छ । बानेश्वर शान्तिनगरमा आरजु ज्वेलर्स संचालन गर्ने खोटाङ दिक्तेलका ४० वर्षीय मनकुमार विक लुटिएका हुन् ।

सुनको कारोबार गर्न भनी बोलाई नचिनेका तीन जनाले नक्कली सुन दिई रकम लुटपाट गरेका हुन् । त्यसपछि उनीहरु स्कुटर र मोटरसाइकलमा भागेका प्रहरीले जनाएको छ ।

त्यसैगरी बुढानीलकण्ठ नगरपालिका एकताबस्तीमा बस्ने ताप्लेजुङकी ५० वर्षीया खेमा लिम्बुको सुनको सिक्री लुटपाट भएको छ । उनको घाँटीबाटै चार आनाको सिक्री चुडाएर लुटपाट गरेको हो ।

नम्बर नखुलेको निलो रंगको पल्सर मोटरसाइकलमा आएका अपरिचित व्यक्ति सिक्री लुटेर भागेको पीडितलाई उधृत गर्दै प्रहरीले जनाएको छ । काठमाडौंको बल्खुस्थित डेराबाट धादिङ मैदीका कुसुम भट्टको कोठाबाट बिहीबार बेलुका ३४ हजार रुपैयाँ र सुनका बिभिन्न गर९गहनासमेत गरी करीब १ लाख २४ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ ।

कीर्तिपुर नगरपालिका ट्याङ्लाफाँटमा गोविन्द प्रधानको घरबाट बिहीबार नगद ८१ हजार, साढे ५ तोलाको सुनका बिभिन्न गर९गहना, २ वटा मोबाइल र भिडियो क्यामेरा गरी करिब १० लाख ६६ हजार २ सय रुपैयाँ बराबरको धनमाल चोरी भएको छ । सबै चोरीको घटनामा प्रहरीले अनुसन्धान र चोरीमा संलग्नको खोजी गरिरहेको जनाएको छ ।

प्रकाशित मिति: May 3, 2019

प्रतिक्रिया दिनुहोस्