Logo
८ जेष्ठ २०८२, बुधबार
(May 3, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रपतिको स्वागतका लागि सिँगारियो संसद् भवन (फोटोफिचर)

काठमाडौं : सरकारको आर्थिक वर्ष ०७६र७७ को वार्षिक नीति तथा कार्यक्रम शुक्रबार संसद्मा प्रस्तुत हुने भएपछि नयाँ बानेश्वरस्थित संघीय संसद् भवन भवन तथा परिसर सिँगारिएको छ ।

शुक्रबार अपराह्न ४ बजे राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारद्वारा तयार पारिएको नीति तथा कार्यक्रम दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ ।

राष्ट्र प्रमुख आउने भएपछि संसद् भवनको गेटदेखि भित्रैसम्म नेपाली राष्ट्रिय झण्डा तथा विभिन्न ध्वजापताका राखेर सजाइएको छ ।

शुक्रबार बिहानैदेखि संघीय संसदका कर्मचारीहरु भवन परिसर सजावटको काममा व्यस्त देखिएका छन् ।

प्रकाशित मिति: May 3, 2019

प्रतिक्रिया दिनुहोस्