आधुनिक स्टाइलमा पूर्वराजा-रानीले मनाए आफ्नो विवाहको ४९ औँ वर्षगाँठ
काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाह रानी र कोमलले विवाहको ४९ औँ वर्षगाँठ मनाएका छन्। नेपाली सेनाका तत्कालीन रथी केन्द्र शमशेरकी माहिली छोरी कोमल राणासँग तत्कालीन युवराज ज्ञानेन्द्रको २०२७ साल वैशाख १९ गते विवाह भएको थियो।
केन्द्र शमशेरकै जेठी छोरी ऐश्वर्या राणासँग २०२६ मा तत्कालीन युवराज वीरेन्द्रको बिहे भएको थियो। ज्ञानेन्द्रको बिहेको केही समयपछि उनका भाइ तत्कालीन अधिराजकुमार धीरेन्द्र शाहको प्रेक्षा राणासँग बिहे गरेका थिए।
प्रेक्षा पनि रथी केन्द्र शमशेरकै कान्छी छोरी थिइन्। वीरन्द्रकै बिहेका लागि राजा महेन्द्रले पुरानो नारायणहिटी भत्काएर अहिलेको नारायणहिटी दरबार बनाएका थिए।
ऐश्वर्य र कोमलकी कान्छी बहिनी प्रेक्षासँग बिहे गरेका धीरेन्द्रको वैवाहिक जीवन भने सफल हुन सकेन। विदेशी युवतीहरूसँगको सम्बन्धका कारण ०४५ सालमा प्रेक्षासँग उनले सम्बन्धविच्छेदपछि उनको अधिराजकुमार पद पनि गुमेको थियो।
४९ वर्षगाँठको अवसरका बिहिबार आधुनिक स्टाइलमा केक काटेर पूर्वराजा पति पत्नीले एक आपसलाई केक खुवाएर खुसी साटासाट गरेका हुन् ।