Logo
५ जेष्ठ २०८२, आईतबार
(May 2, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अब समुन्द्रसम्म पुग्यो नेपालको पहुँच, मे महिनाभित्र तातोपानी नाका खोल्ने

काठमाडौँ : परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालले चीनको भूमि प्रयोग गरेर समुन्द्रसम्म नेपालको पहूँच पुर्याएको बताएका छन् । हालै राष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमणका क्रममा भएको यातायात पारवाहन प्रोटोकल सम्झौतामा हस्ताक्षर भएसँगै तेस्रो देशसँग व्यापार गर्न समुन्द्रसम्म पुग्न चीनको भुभाग प्रयोग गर्न सकिने भएको मन्त्री ज्ञवालीले जानकारी दिएका हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीको हालै सम्पन्न चीन भ्रमणबारे जानकारी दिन बिहीबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री ज्ञवालीले यातायात तथा पारवहन सम्झौतासहित चीनसँग सात वटा सम्झौतामा हस्ताक्षर भएको जानकारी दिए । उनले भने, ‘यो सम्झौताले तेस्रो मुलुकसँग व्यापारको ढोका खुलेको छ । चीनको बाटो भएर समुन्द्रसम्म हाम्रो पहुँच पुगेको छ ।’ त्यसका लागि हाम्रो पक्षबाट पुर्वाधार निर्माण गर्न आवाश्यक रहेको मन्त्रालयले जनाएको छ ।

यस्तै, चीनसँग सीमा जोडिएको तातोपानी नाका मे महिनाभित्र खुल्ने मन्त्री ज्ञवालीले जानकारी दिए । उनले भने, ‘तातोपानी नाका खोल्न चीनले सवै तयारी पूरा गरको छ । सुख्खा बन्दरगाह निर्माण भएको छ । नोपलको तर्फबाट पनि भन्सार, क्वारेन्टाइन, इमिग्रेसन तयार भएको छ ।’

त्यस्तै मन्त्री ज्ञवालीले जुरे पहिरो गएको सडक निर्माण भएपछि तातोपानी नाका पुग्न सहज हुने बताए ।

यसैवीच मन्त्री ज्ञवालीले चीनले दिने एक अर्ब सहयोग जिविकोपार्जनका लागि प्रयोग गरिने पनि बताए ।

प्रकाशित मिति: May 2, 2019

प्रतिक्रिया दिनुहोस्