Logo
१३ बैशाख २०८१, बिहीबार
(April 29, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्राइम लाइफ इन्स्योरेन्सको १४.४३% ले बढ्यो लाभांश

काठमाडौं :  प्राइम लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

चालु आवको तेस्रो त्रैमासमा इन्स्योरेन्सले १६ करोड ३६ लाख ८१ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । जुन गत आवको भन्दा १४.४३ प्रतिशतले बढी हो । गत आवको सोहि अवधिमा १४ करोड ३१ लाख ५८ हजार रुपैयाँ नाफा रहेको छ ।

इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब ७८ करोड ४८ लाख ३५ हजार रुपैयाँ रहेको छ । नियामक निकाय बीमा समितिले असार मसान्तसम्म २ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउन निर्देशन दिएको छ । इन्स्योरेन्सको पुँजी उक्त निर्देशन बमोजित पु्ग्न सकेको छैन ।

इन्स्योरेन्सको जगेडा कोषमा १ अर्ब ११ करोड ९ लाख २७ हजार रुपैयाँ रहेको छ । यो अवधिमा इन्स्योरेन्सले ८ अर्ब १४ करोड ७६ लाख ३६ हजार रुपैयाँ जीवन बीमा कोष आर्जन गरेको छ भने महाविपत्ती जगेडा कोषमा १० करोड ८६ लाख २९ हजार रुपैयाँ छुट्टयाएको छ ।

यो अवधिमा इन्स्योरेन्सले १ अर्ब ८७ करोड ३ लाख ५६ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आवको सोहि अवधिमा १ अर्ब ४५ करोड ५१ लाख ४८ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । १२ रुपैयाँ २३ पैसा प्रति सेयर आम्दानी रहेको इन्स्योरेन्सको प्रति सेयर नेटवर्थ १६८ रुपैयाँ ३३ पैसा रहेको छ ।

प्रकाशित मिति: Apr 29, 2019

प्रतिक्रिया दिनुहोस्