Logo
८ जेष्ठ २०८२, बुधबार
(April 26, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपालमा पुन: शक्तिशाली भूकम्पको खतरा : विज्ञले दिए यस्तो डरलाग्दो चेतावनी

काठमाडौँ :  महाभूकम्प गएका क्षेत्रमा दशौँ वर्षसम्म परकम्पन आइरहने विज्ञले जनाएका छन् ।

नेपालको भूकम्पीय जोखिम र भूकम्पीयतामा विद्यावारिधि गर्नुभएका प्रा. डा. हरिहर पौडेलका अनुसार यसकै निरन्तरताका रूपमा नेपालमा ४ वर्षअघिको भूकम्पपछि परकम्पन आइरहेको हो ।

उनका अनुसार जमीनमुनि भारतीय र तिब्बती प्लेट निरन्तर ठोक्किइरहन्छ । भारतीय प्लेट तिब्बती प्लेटको मुनि घुस्ने क्रम निरन्तर भइरहेको भन्दै उनले यसबाट हुने शक्ति सञ्चय भूकम्पीय माध्यमबाट क्षय हुने बताए । ठूला भूकम्पपछि बाँकी रहेको शक्तिका कारण परकम्पन आइरहने उनले जानकारी दिए ।

जमीनभित्र भौगर्भिक हलचल निरन्तर भइरहेको सङ्केत परकम्पनले दिने उनले बताए । सोही ठाउँमा तत्काल ठूला भूकम्प जाने सम्भावना रहे पनि केही समयपछि भने परकम्पन मात्र जाने उनले स्पष्ट पारे । जमीनमुनिको शक्ति भूकम्पीय तरङ्गले बाहिर ल्याउँदा सतहमा भएका संरचनामा कम्पन आउने उनको भनाई छ ।

वि.स. १९९० मा पूर्वी नेपालको चैनपुर केन्द्रविन्दु भई महाभूकम्प जाँदा १० हजार ७०० ले ज्यान गुमाएको भन्दै उनले त्यसको प्रभाव भारतको दरभङ्गासम्म पुगेको थियो । वि. सं. २०४५ मा धरानमा ६ दशमलव ४ रेक्टरको भूकम्प गएको भन्दै उनले अब भूकम्पको जोखिम पश्चिम नेपालमा रहेको बताए । पश्चिम नेपालमा ५०० वर्षभन्दा बढीदेखि ठूला भूकम्प नगएको र शक्ति सञ्चय भइरहेको उनको भनाइ छ । भूकम्पीय जोखिम कम गर्न सरकारले जनतालाई सचेत गराउनुपर्ने पौडेल बताउँछन् ।

भूकम्पले नभएर संरचनाले क्षति पुर्याउने भएकाले बलिया संरचना बनाउन र भूकम्प आउँदा आपतकालीन व्यवस्था गर्नुपर्ने उनको सुझाव छ । ४ वर्षअघि गोरखाको बारपाकमा केन्द्रविन्दु हुने गरी गएको भूकम्पका कारण ठूलो धनजनको क्षति भएको थियो ।

प्रकाशित मिति: Apr 26, 2019

प्रतिक्रिया दिनुहोस्