Logo
५ जेष्ठ २०८२, आईतबार
(April 26, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आईपीएल : आज शीर्ष स्थानको चेन्नई र तेस्रो स्थानको मुम्बई भिड्दै

भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा शुक्रबार वेलुका रोहित शर्माको कम्तानीमा रहेको मुम्बई इन्डियन्स र महेन्द्रसिंह धोनीको कप्तानीमा रहेको चेन्नई सुपर किङ्सबिच प्रतिस्पर्धा हुने भएको छ।

खेल नेपाली समय अनुसार वेलुका ८ बजेर १५ मिनेटमा सुरु हुनेछ। खेल चेन्नईमा हुनेछ । चेन्नईले यस पटको आईपीएलमा आफ्नो होम ग्राउण्डमा भएका सबै खेल जितेको छ। मुम्बई र चेन्नईको बिच हालसम्म आईपीएलमा कुल २७ खेल भएका छन्।

जसमा मुम्बईले १५ र चेन्नईले १२ मा जित निकालेको छ। अहिलेसम्म ११ खेल खेलेको चेन्नई ८ मा जित निकाल्दै १६ अंकका साथ अंकतालिकाको शीर्ष स्थानमा छ भने १० खेलमध्ये ६ मा जित निकालेको मुम्बई १२ अंकका साथ तेस्रो स्थानमा छ। चेन्नईको प्लेअफ स्थान सुरक्षित छ।

प्रकाशित मिति: Apr 26, 2019

प्रतिक्रिया दिनुहोस्