Logo
५ जेष्ठ २०८२, आईतबार
(April 25, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दुरसंचार ऐन विपरित सीम कार्डको विक्री गरेको आरोपमा दुई जना पक्राउ

काठमाडौं : दुरसञ्चार कम्पनीले निर्धारण गरेको सर्त तथा मूल्य फरक पारेर ग्राहकको पहिचान खुल्ने कागजात समेत नराखी एनसेल र एनटीसीको सीम कार्ड विक्री गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

उनीहरुलाई महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुको टोलीले बुधबार दिउँसो बालाजुबाट पक्राउ गरेको एसपी सोमेन्द्रसिंह राठौरले बताए । पक्राउ पर्नेमा दोलखाका दिलबहादुर खत्री र राजकुमार दाहाल छन् ।

पक्राउ परेका दुवै जनामाथि दुरसञ्चार ऐन, २०५३ को कसूर अन्तरगत म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति: Apr 25, 2019

प्रतिक्रिया दिनुहोस्