Logo
१० जेष्ठ २०८२, शुक्रबार
(April 24, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश २ मा वंंशज नागरिकता लिन जन्मसिद्वका सन्तानहरुको भिड

जनकपुर : सरकारले लामो समयपछि जन्मसिद्व तथा जन्मको आधारमा नागरिकता पाउने नागरिकका सन्तानका लागि नागरिकतामा रोक लगाएको थियो । करिब एक दशकपछि खुलेको नागरिकता वितरणमा प्रदेश नम्बर २ को हरेक जिल्लास्थित जिल्ला प्रशासन कार्यालयमा जन्मसिद्व तथा जन्मको आधारमा नागरिकता लिनेको लाम नै लागेको छ ।

गृह मन्त्रालयले जन्मसिद्व र जन्मको आधारमा जन्मेका नागरिकका सन्तानलाई वंशजको आधारमा नै नेपाली नागरिकता दिन आदेश दिएपछि महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, धनुषा, सिरहा र सप्तरीस्थित जिल्ला प्रशासन कार्यालयमा नागरिकता लिनेको भीड नै लागेको छ ।

सोही क्रममा महोत्तरी, रौतहट, बारा, पर्सा, सप्तरी जिल्लामा नागरिकता वितरणको काम सुरु भएतापनि धनुषालगायत केहि जिल्लामा भने टोकनको व्यवस्थामार्फत नागरिकता वितरणका लागि विभिन्न चरणको प्रक्रिया अपनाइएको छ ।

धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले धनुषामा ०६३ र ०७० सालमा नक्कली नागरिकता समेत फेला परेकाले जन्मसिद्व तथा जन्मको आधारमा दिन लागेको नागरिकताका लागि अति नै सुक्ष्म तरिकाले दिने भएको बताए ।

उनले अहिले नागरिकताका लागि आवेदनसहित फारम लिने गरेको र सो संकलनपछि प्रहरीले हरेक नागरिकता पाउने व्यक्तिको गाउँमा शहर जमिन गर्ने र त्यसपछि नागरिकताका लागि सम्बन्धीत व्यक्तिलाई फोन गरी नागरिकता वितरण गर्ने जानकारी दिए ।

धनुषामा ३ दिनदेखि सुरु भएको नागरिकता आवेदन फारम संकलनको क्रममा हालसम्म १ सय ५० भन्दा बढि दर्ता भएको प्रमुख जिल्ला अधिकारी कँडेलले जानकारी दिए ।

प्रकाशित मिति: Apr 24, 2019

प्रतिक्रिया दिनुहोस्