Logo
२३ भाद्र २०८१, आईतबार
(April 18, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाल पुरस्कृत

काठमाडौं : नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाललाई पुरस्कृत भएका छन् । बेरुजु फर्छ्यौटमा उत्कृष्ट काम गरेको भन्दै बिहीबार गृहमन्त्रालयमा भएको एक कार्यक्रमका बीच गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले नगद तथा प्रशंशापत्र प्रदान गरेका हुन् ।

प्रहरी महानिरीक्षक खनाललाई आठ हजार रुपैयाँ नगद एवम् प्रशंसापत्र प्रदान गरिएको छ । त्यस्तै गृह मन्त्रालयमा सचिव प्रेमकुमार राईलाई पनि पुरस्कृत गर्दै आठ हजार रुपैयाँ नगद एवम् प्रशंसापत्र प्रदान गरिएको छ । त्यस्तै गृह मन्त्रालयका उपसचिव शिवनाथ पौडेल, लेखा अधिकृतहरु फइन्द्रकुमार श्रेष्ठ, शालिकराम पराजुली, लेखापाल नरबहादुर कुँवरलाई ६ हजार रुपैयाँसहित प्रशंसा पत्र प्रदान गरिएको छ ।

गृहन्त्रालय र सो अन्तर्गतका निकायहरुको आ.व.२०७३/७४सम्मको आ.व. २०७४/७५मा फछ्र्यौट गरीसक्नुपर्ने सो अवधीमा ६३.०३ प्रतिशत अर्थात रकम रु चार अर्ब ३० करोड ९७ लाख रहेकोमा रु दुई अर्ब ७१ करोड ६२ लाख बेरुजु फर्स्योट भएको छ। यस्तै नेपाल प्रहरीको आ.व.२०७३/७४सम्मको बेरुजु रु ६८ करोड ४१ लाख मध्ये ८५.१४ प्रतिशत अर्थात ५८ करोड २५ लाख बेरुजु फर्स्योट भएको छ।

बेरुजु फर्स्योट मूल्यांकन तथा अनुगमन समितिले बेरुजु फर्स्योटमा संलग्न उक्त अवधीमा कार्यरत प्रशाशकिय प्रमुख र कर्मचारीहरुलाई नगद पुरस्कार तथा प्रशंशापत्र प्रदान गर्न सकिने पत्रअनुसार उनीहरुलाई गृह मन्त्रालयले पुरस्कृत गरेको हो।

प्रकाशित मिति: Apr 18, 2019

प्रतिक्रिया दिनुहोस्