मुक्तिनाथ विकास बैंकद्वारा महानगरीय प्रहरी वृत्त कमलपोखरीलाई स्टीकर सहयोग
काठमाडौं : मुक्तिनाथ विकास बैंकले सस्ंथागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत महानगरीय प्रहरी वृत्त कमल पोखरीलाई सहयोग गरेको छ ।
बैंकले काठमाडौं महानगरपालिका १ स्थित महानगरीय प्रहरी वृत्त (सामुदायिक शाखा) कमलपोखरीलाई सामाजिक जनचेतना मुलक तथा सुरक्षा सम्बन्धी आकस्मिक सम्पर्क नम्बरहरु भएको स्टीकर सहयोग गरेको हो ।
उक्त स्टीकर महानगरीय प्रहरी वृत्त कमलपोखरी अन्तर्गत रहेका करिब १० हजार घर तथा कार्यालयमा टासिनेछ ।
उक्त स्टीकर मुक्तिनाथ विकास बैंक मार्केटिङ तथा कर्पोरेट मामिला विभागका प्रमुख बसन्त बक्सीले महानगरीय प्रहरी वृत्त कमलपोखरीका प्रहरी नायव उपरीक्षक रविन्द्र नाथ पौडेललाई हस्तान्तरण गरेका छन् ।