जँड्याहालाई निशाना बनाई चोरी र लुटपाट गर्ने ३ भारतीय नागरिक पक्राउमा
काठमाडौँ : काठमाडौँ उपत्यकामा चोरी कार्यमा संलग्न तीनजना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारतको मोतिहारी घर भई हाल काठमाडौँको ताहाचल बस्ने २० वर्षका दिपक प्रसाद जैसवाल, भरातको बैसाला घर भई हाल टेकु बस्ने बिजु साह, र भारत सतामाडी घर भई हाल कालिमाटी बस्ने २१ वर्षका राज कुमार राम रहेका छन् ।
पक्राउ परेका तीनैजनालाई प्रहरीले मंगलबार सार्वजनिक गरेको छ । उनीहरुलाई विशेष सुराकीको आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीहरुको साथबाट मोवाइल, घडी लगायतका सामानहरुका साथै नगद २ लाख रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ ।
उनीहरुले विशेष गरेर मादक पदार्थ सेवन गरेका व्यक्तिलाई पिछा गर्ने र अन्य साथीहरुलाई समेत बोलाएर लुटपाट गर्ने गरेको अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ ।