Logo
७ जेष्ठ २०८२, मंगलबार
(April 16, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

धरौटी रकम बुझाउन नसक्दा विप्लव समूहका नेता ज्वाला जेल चलान

काठमाडौं : धरौटी रकम बुझाउन नसक्दा नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका जिल्ला इन्चार्ज बीरबहादुर घलान ज्वालालाई जिल्ला अदालतले कारागार पठाएको छ ।

सोमबारको थुनछेक आदेशपछि अदालतले ज्वालालाई १८ हजार धरौटी माग गरेको थियो । धरौटी रकम बुझाउन नसकेपछि अदालतले ज्वालालाई भीमफेदी कारागार लगिएको हो ।

न्यायाधीश ध्रुवकुमार पियाको एकल इजलासले ज्वालासँग धरौटी माग गर्ने आदेश दिएको थियो । धरौटी रकम बुझाउन नसकेपछि उनलाई भीमफेदी कारागार पठाएको हो ।

केही महिनाअघि मनहरी गाउँपालिका वडा नं ३ मा विस्फोटक पदार्थ भेटिएको घटनामा उनी संलग्न भएको भन्दै प्रहरीले पक्राउ गरेको थियो । उनलाई सोमबार अदालत पेश गरिएको थियो ।

प्रकाशित मिति: Apr 16, 2019

प्रतिक्रिया दिनुहोस्