Logo
४ आश्विन २०८१, शुक्रबार
(April 14, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सर्लाहीमा बस दुर्घटना : अनियन्त्रीत बस होडीङबोडसँग ठोक्किँदा ३ को मृत्यु, ५ घाइते

काठमाडौं :  सर्लाहीमा लालबन्दीमा बस दुर्घटना हुदाँ ३ जनाको ज्यान गएको छ साथै ५ जना घाइते भएका छन् ।

काठमाडौ‌बाट सुनसरीका लागि छुटेको बा २ ख १३१८ नम्बरको रिजर्भ बस सर्लाहीको नवलपुरमा अनियन्त्रीत भएर होडीङबोडमा ठोक्किएर दुर्घटना हुँदा ३ जनाको घटनास्थमै मृत्यु भएको सर्लाही जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता प्रतित सिंह राठौंरले जानकारी दिए।

मृत्यु हुनेमा सुनसरी रामधुनी नपा ९ का श्रीकान्त चौधरी, मोरङ बुढीग्रगा गापा ६ का २२ बबी उराउ र दुहबी नगरपालिका २ का अनिल उराउ रहेका छन्। चालक र सहचालकसहित ३७ जना सवार बसमा रहेका मध्ये ५ जनालाई उपचारका लागि विराटनगर पठाइएको र अन्य सामान्य घाइते रहेको राठौंरको भनाइ छ।

प्रकाशित मिति: Apr 14, 2019

प्रतिक्रिया दिनुहोस्