Logo
९ जेष्ठ २०८२, बिहीबार
(April 12, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नयाँ वर्षमा गरौँ केही नयाँ संकल्पः बनाउनुहोस् विशेष यो नयाँ बर्ष

काठमाडौँ : अब सबैको घरको भित्तामा झुन्डिएको नेपाली पात्रोको अन्तिम पातो पल्टदैछ । यससँगै भित्तामा पात्रो फेरिनेछ । अर्थात नयाँ बर्ष सुरु हुनेछ । नयाँ बर्ष तपाईंको लागि कति फलदायी होला ?  अहिले नै यसको आंकलन गर्न सकिदैन । यद्यपी आगमी नयाँ बर्षलाई जीवनकै फलदायी बनाउनका लागि तपाईंसँग केही योजना हुनसक्छ ।

अतः वितेका बर्षहरुमा भएका गल्ती, कमजोरीको समीक्षा गरेर नयाँ बर्षमा त्यस्ता गल्ती नदोहोर्‍याउने प्रण गर्नुभएकै होला । वितेका बर्षमा गरिएका कमजोरीलाई सच्याएर आगमी बर्षमा कुनै ठोस उपलब्धी हासिल गर्ने सोंच बनाउनुभएकै होला ।

हो त, नयाँ बर्षसँगै हामी जीवनमा पनि केही नयाँपन खोज्छौ । वसन्त ऋतुको यो याममा रुख(बुट्यानले पालुवा फेरेझै हामी पनि जीवनमा ताजगी भर्न चाहन्छौ । अतः आगमी बर्षलाई कसरी फलदायी, स्मरणिय र प्रभावकारी बनाउने त रु

यसका लागि तपाईंले केही सूची तयार गर्नुपर्छ, जसले तपाईंलाई उचित मार्गदर्शन गर्न सकोस् । अर्थात सही दिशामा डोहोर्‍याउनका लागि प्रेरित गरोस् । यसका लागि तपाईंले केही त्याग्नुपर्नेछ । र, केही नयाँ प्रयास गर्नुपर्नेछ ।

बूँदागत रुपमा पनि तपाईंले यसरी सूची तयार गर्न सक्नुहुनेछ

१.  सुत्ने र उठ्ने तालिका नियमित गर्नेछु 

आफ्नो सुत्ने र उठ्ने तालिका नियमित नहुन सक्छ । कतिपय त काममा व्यस्त भएर सुत्ने, उठ्ने तालिका अस्तव्यस्त भएको हुनसक्छ । त्यसैले नयाँबर्ष देखि सही समयमा सुत्ने र सही समयमा उठ्ने प्रण गर्नेछु ।

२. सन्तुलित, सुपाच्य खानेकुरा मात्र खानेछु 

नयाँ बर्षदेखि खानपानमा सर्तक हुनेछु । स्वास्थ्य एवं सुपाच्य खानेकुरामा जोड दिनेछु । घर बाहिरको खानेकुरा खानेछैन । जंकफूडमा बल गर्नेछैन ।

३. बिहान मर्निङ वाक, व्यायाम, योग गर्नेछु 

बिहान नियमित रुपमा मर्निङ वाक गर्नेछु । व्यायामलाई निरन्तरता दिनेछु । बिहानको समय नितान्त आफ्नो स्वास्थ्यका लागि छुट्याउनेछु ।

४. दिनभर सक्रिय रहनेछु 

सक्रिय दिनचर्या विताउनेछु । शारीरिक रुपमा पनि सक्रिय रहनेछु । सानोतिनो काम म आफै गर्नेछु । सामान्य काम अरुलाई अह्राउने छैन ।

५. स्वास्थ्य रहनेछु, औषधी सेवन गर्नेछैन  वा औषधी सेवन गर्ने अवस्था आउन दिनेछैन 

संभव भएसम्म यो बर्ष म अतिरिक्त औषधीको सेवन गर्नेछैन । औषधी सेवन गर्नै नपर्ने वा अस्पताल धाउनै नपर्नेगरी स्वास्थ्यमा सतर्कता अपनाउनेछु ।

६. चुरोट, खैनी, मदिरा नियन्त्रण गर्नेछु  वा त्याग्नेछु 

चुरोट पूर्णत त्याग्नेछु । सूर्तिजन्य पर्दाथ सेवन गर्नेछैन । मदिरा पनि पूर्णत त्याग्नेछु । स्वास्थ्यलाई हानी गर्ने, समय र पैसा नष्ट गर्ने कुनैपनि खराब बानी अंगाल्ने छैन ।

७. परिवारसँग क्वालिटी टाइम विताउनेछु 

परिवारलाई पनि म आफ्नो समय दिनेछु । परिवारसँग क्वालिटी टाइम बिताउनेछु । उनीहरुलाई मेरो अभाव वा अनुपस्थिती अनुभव हुन दिनेछैन ।

८. बर्षमा दुई पटक घरभन्दा टाढा परिवारसहित घुमफिरमा निस्कनेछु 

परिवारसहित घुमघामको योजना बनाउनेछु । बर्षमा कम्तिमा दुई ठाउँको भ्रमण गर्नेछु ।

९. घतलाग्दा पुस्तक पढ्नेछु 

पढ्नुपर्ने थुप्रै पुस्तक छन् । समकालिन साहित्यका पुस्तक, दर्शनका पुस्तक, जीवनोपयोगी पुस्तकहरु पढ्नेछु ।

१०. राम्रा साथीहरुको संगत बढाउनेछु

राम्रा साथीहरुसँग सार्थक समय बिताउनेछु । उनीहरुसँग छलफल गर्ने र निरन्तर सम्पर्कमा रहने प्रण गर्छु ।

११. सामाजिक सञ्जालको प्रयोग समूचित ढंगले गर्नेछु 

फेसबुक, ट्वीटर, इन्स्टाग्राममा अनावश्यक झुन्डने छैन ।

प्रकाशित मिति: Apr 12, 2019

प्रतिक्रिया दिनुहोस्