Logo
३१ भाद्र २०८१, सोमबार
(April 12, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

असान्जको गिरफ्तारीमा चौतर्फी विरोध, अमेरिका सुपुर्दगी गरिए गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी

विकिलिक्सका संस्थापक जुलियन असान्जको गिरफ्तारीको विभिन्न ठाउँबाट विरोध सुरु भएको छ। इक्वेडरको दूतावास लण्डनबाट असान्ज बिहिबार पक्राउ परेपछि मानव अधिकारकर्मी र भ्रष्टाचार विरोधी केही स्वतन्त्र संस्थाहरुले विरोध गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।

संयुक्त राष्ट्र संघका मानवअधिकार विशेषज्ञ एग्नेस कालमर्डले गिरफ्तारीप्रति खेद प्रकट गरेका छन्। उनले असान्जलाई अमेरिका सुपुदर्गी गरिए गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिए। कालमर्डले यस्तो कार्य मानवअधिकार उल्लंघनको गम्भीर घटना हुने टिप्पणी गरेका छन्। इक्वेडरका राष्ट्रपति लेनिन मोरेनोले भने असान्जलाई अमेरिका सुपुर्दगी नगरिने आश्वासन दिए। पक्राउको चौतर्फी आलोचना भएपछि राष्ट्रपति मारेनोले असान्जलाई अमेरिका सुपुर्दगी नगर्ने विषयमा बेलायतले आफूलाई आश्वासन दिएको बताए।

इक्वेडरले असान्जलाई दिएको नागरिकता भने फिर्ता लिएको छ। असान्जको गिरफ्तारीको केही समयमै इक्वेडरका विदेशमन्त्री जोस भ्यालेन्सियाले नागरिकता फिर्ताको घोषणा गरेका थिए। उता असान्जविरुद्ध यौन दुव्र्यवहारको आरोप लगाएकी स्वीडिस महिलाले पुनः छानबिनको माग गरेकी छन्।

प्रकाशित मिति: Apr 12, 2019

प्रतिक्रिया दिनुहोस्