गुल्मीमा पूर्व सांसदको जीप दुर्घटनामा, स्वास्थ्य अवस्था अति चिन्ताजनक
गुल्मी : गुल्मीको मुसीकोट नगरपालिका वडा नम्बर १ नेटा चिहानडाँडामा १० जना सवार जीप दुर्घटना भएको छ । पूर्व सांसदसहित एकको अवस्था अत्यधिक चिन्ताजनक रहेको छ ।
पूर्व सांसद रुद्रमणी शर्मा भण्डारी र नाम नखुलेका एक व्यक्तिलाई दुर्घटनास्थलबाट तम्घास ल्याउँदै गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले बताएको छ । बिहिबार बिहान मालिका गाउँपालिकाको दर्लिङबाट बुटवलका लागि हिँडेको लु १ ज १९५७ नम्बरको जिप सडकदेखि १०० मिटर तल खसेको हो ।