Logo
१० जेष्ठ २०८२, शुक्रबार
(April 9, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गरिब नागरिकको निःशुल्क स्वास्थ्य विमा गरी दिने मन्त्री खतिवडाको घोषणा

काठमाडौं : सरकारले गरिव नागरिकको पनि निःशुल्क स्वास्थ्य विमा गरिदिने घोषणा गरेको छ ।

अर्थमन्त्री डा.युवराज खतिवडाले स्वास्थ्य सेवामा पहुँच पुर्याउन गरिव नागरिकलाई पनि एक लाखको निःशुल्क स्वास्थ्य विमा गरिदिने घोषणा गरेका हुन् ।

नेपाल आँखा अस्पतालको ४५ औं वार्षिक साधारणसभालाई मंगलबार काठमाडौंमा उद्घाटन गर्दै उनले सरकारले सबै नागरिकको स्वास्थ्य सेवामा पहुँच पुगोस् भनेर सञ्चालनमा ल्याएको स्वास्थ्य विमा कार्यक्रमलाई देशभर संचालन गर्न आवश्यक नीतिगत र कानुनी व्यवस्था पनि गरिएको जानकारी दिए ।

सरकारले ७० वर्ष नाघेका वृद्धवृद्धाहरुलाई एक लाखको निःशुल्क स्वास्थ्य विमा गर्दै आएको छ । अब गरिव नागरिकको पनि निःशुल्क स्वास्थ्य विमा गरी दिने अर्थमन्त्री खतिवडाको योजना छ ।

अर्थमन्त्री खतिवडाले स्वास्थ्य सेवामा सबै नागरिकको पहुँच वृद्धिका लागि निजी क्षेत्रका अस्पतालहरुको पनि सहयोगको अपेक्षा गरिएको पनि स्पष्ट पारे ।

नयाँ संविधानले स्वास्थ्य सेवालाई मौलिक हकको रुपमा राखेकाले सबै नागरिकलाई सो सेवामा सहज पहुँच पु¥याउन सरकार लागि परेको अर्थमन्त्री खतिवडाको भनाई छ ।

प्रकाशित मिति: Apr 9, 2019

प्रतिक्रिया दिनुहोस्