Logo
५ जेष्ठ २०८२, आईतबार
(April 9, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नयाँ वसपार्कबाट चोरीको गाडीसहित १ जना पक्राउ

काठमाडौं : प्रहरीले काठमाडौंको नयाँ वसपार्कबाट चोरीको गाडीसहित एकजनालाई पक्राउ गरेको छ । नयाँबसपार्कस्थित आकाशेपुल मुनिबाट ललितपुर, महालक्ष्मी नगरपालिका-१४ बस्ने कमल महर्जन बा.६ च ४४२५ नम्बरको डिआई गाडीसहित सोमबार राती पक्राउ परेका हुन् ।

ललितपुर ग्वार्कोबाट चोरी भएको सो गाडी महानगरीय प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरीले जाँच गर्ने क्रममा नयाँ बसपार्क नजिकैको माछापोखरीबाट बिजि मलतर्फ जाँदै गरेको गाडीलाई पिछा गरेको थियो ।

गाडी कसरी चोरियो भन्ने सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

प्रकाशित मिति: Apr 9, 2019

प्रतिक्रिया दिनुहोस्