Logo
५ श्रावण २०८२, आईतबार
(April 9, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

इरानको सेनालाई अमेरिकाद्वरा विदेशी आतंकवादी संगठन घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको सेनालाई विदेशी आतंकवादी संगठन घोषित गरेका छन् । ट्रम्पले इरानको रिभोलशनरी गार्ड कर्प्स (आइआरजिसी) लाई आतंकवादी संगठन घोषित गरेको हो।

अमेरिकाले कुनै पनि देशको सेनालाई आतंकवादी संगठन घोषणा गरेको यो पहिलोपटक हो । आइआरजिसीको अर्थ ‘इम्प्लिमेन्टिङ्ग इट्स ग्लोबल टेररिस्ट क्याम्पेन’ रहेको अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले जनाएको छ ।

इरानसँग भएको परमाणु सम्झौता राष्ट्रपति ट्रम्पले गएको वर्ष तोडेपछि दुई देशको सम्बन्धमा तनाव आएको थियो । अब यो घटनाले थप गम्भीर बनाएको छ ।

प्रकाशित मिति: Apr 9, 2019

प्रतिक्रिया दिनुहोस्