Logo
५ श्रावण २०८२, आईतबार
(April 8, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

धरानमा बस दुर्घटना : चालकसहित ४ जनाको मृत्यु, २ को सनाखत, ३५ यात्रु घाइते

काठमाडौं : सुनसरीको धरानमा २ ख २७१३ नम्बरको बस दुर्घटना भएको छ ।

धनकुटाको चौबिसे गाउँपालिका बुधबारेबाट धरानतर्फ आउँदै गरेको को २ ख २७१३ नम्बरको बस धरानको जिरोप्वाइन्टमा  दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ, ३५ जना घाइते भएका छन् ।

दुर्घटनामा मृत्यु हुने चालक चक्रबहादुर गुरुङ, यात्रु बलबहादुर मगरको मात्र पहिचान खुलेको छ । प्रहरीका अनुसार एक महिला र उनकी छोरीको नाम खुलेको छैन । घाइतेहरुको धरानकै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । सोे बस ब्रेक फेल भई दुर्घटना भएको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति: Apr 8, 2019

प्रतिक्रिया दिनुहोस्