Logo
१० जेष्ठ २०८२, शुक्रबार
(April 7, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रि-मनसुन सिजन बढी सक्रिय : पश्चिम क्षेत्रबाट मौसम क्रमशः सुधार हुँदै जाने

काठमाडौं : आज पनि देशभर मौसम बदली हुने मौसमविदले बताएका छन् । यद्यपि मौसमी प्रणाली छिटोछिटो परिवर्तन हुने हुँदा पूर्वानुमान गर्न गाह्रो हुने मौसमविदहरु बताउँछन् ।

साथै पूर्वी, मध्य र पश्चिम क्षेत्रका केही भागमा हावाहुरी र मेघ गर्जनसहित वर्षा हुने अनुमान पनि छ । अहिले प्रि-मनसुन सिजन अलि बढी सक्रिय देखिएको छ । त्यसैले केही दिनयता बादल लाग्ने, वर्षा हुने र हावाहुरी चल्ने क्रम जारी छ ।

आज पनि यस्तो अवस्था देशभर नै रहने छ । तर, आइतबारदेखि पश्चिम क्षेत्रबाट मौसम क्रमशः सुधार हुँदै जाने मौसमविद वरुण पौडेलले बताए । ‘भोलि पश्चिम क्षेत्रबाट केही सुधार हुन्छ । मध्य र पूर्वमा भने केही दिन लाग्छ । काठमाडौंमा पनि भोलिबाट केही सुधार हुने देखिएको छ ।’

मौसमविदहरुका अनुसार नेपालमा सामान्यता मार्च, अप्रिल र मेसम्म प्रिमनसुन गतिविधि हुन्छ र जुन १० बाट मनसुन सुरु हुन्छ ।

यस्तो छ मौसम विज्ञान विभागले पूर्वानुमान गरेको तीन दिनको मौसमी विवरण : 

प्रकाशित मिति: Apr 7, 2019

प्रतिक्रिया दिनुहोस्