लाजिम्पाटमा आगलागी : एकको मृत्यु, दुई घाइते
काठमाडौँ : काठमाडौँको लाजिम्माटमा आगलागि हुँदा एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । लाजिम्पाटको नील सरस्वती चैतन्य मार्गमा रहेको एक घरमा आगलागी हुँदा भेषबहादुर थापाको मृत्यु भएको प्रहरी सहायक निरीक्षक दिपक गिरिले बताए ।
मृतक थापा शंकर होटलको सुरक्षा गार्ड रहेको उनले जानकारी दिए । आगलागीमा बर्दिया राजापुर ९ का ३२ वर्षीय विवेक शाही र उनकी श्रीमती २५ वर्षीया गंगा घाइते भएका छन्। उनीहरु दुवैको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ।