Logo
५ जेष्ठ २०८२, आईतबार
(April 5, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रोकिएन ट्रिपर आतंक : भक्तपुरमा ट्रिपरको ठक्करबाट एकको मृत्यु दुई घाईते

काठमाडौँ : काठमाडौँ उपत्यकामा ट्रिपर आतंक अझै रोकिएको छैन ।

बिहीबार राति भक्तपुरको जडिबुटीमा ट्रिपरको ठक्करबाट सिन्धुलीका बालकृष्ण कार्कीको ज्यान गएको छ ।

राति २ बजेतिर जडिबुटिको पेट्रोल पम्प अगाडि बा ४९ प ७४४५ नम्बरको स्कुटरलाई ट्रिपरले ठक्कर दिएको हो । दुर्घटनामा स्कुटरमा सवार अन्य दुईजना घाइते भएका छन् ।

घाइते भएका सर्लाहीका जुनबहादुर आचार्य र रौतहटका भरत कार्कीको उपचार भइरहेको र ठक्कर दिने ट्रिपरको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: Apr 5, 2019

प्रतिक्रिया दिनुहोस्