महोत्तरीमा वडाध्यक्षको अचानक मृत्यु
गौशाला : महोत्तरीको बलवा नगरपालिका-८का वडाध्यक्षको आज मृत्यु भएको छ ।
मृत्यु हुनेमा वडाध्यक्ष लोकेन्द्र महतो रहेको बलवा नगरपालिकाका प्रमुख विनोद यादवले बताए । बिहान अचानक पेट दुखेर उपचारका लागि जनकपुरस्थित रामजानकी हेल्थ केयरमा गएका महतोले दिँउसो १२ बजेसम्म ठिक भई खाना खाएर एकछिन हिँड्डुलसमेत गरेका थिए ।
करीब आधा घण्टापछि वडाध्यक्ष महतोले आफूलाई सञ्चो नभएको र अप्ठ्यारो भएको आफन्तलाई भनेपछि उपचारका लागि पुनः सोही अस्पताल लगिएको र केहीबेरमा उपचारकै क्रममा मृत्यु भएको प्रमुख यादवले बताए ।