Logo
२ श्रावण २०८१, बुधबार
(April 4, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हिमाल चढ्न ३ सय ४८ जनाले लिए अनुमति, सगरमाथाका लागि अनुमति माग्ने सबैभन्दा बढी

काठमाडौं : हिमाल चढ्नका लागि मार्च, अप्रिल र मे मौसमको हिसाबमा उत्तम मानिन्छ । जस्को लागि उत्तम मानिने यो सिजनमा १५ वटा हिमाल चढ्नका लागि यो सिजनमा हालसम्म ३ सय ४८ जना पर्यटकले अनुमति लिएका छन् ।

पर्यटन विभागका सूचना अधिकारी सुरेन्द्र थापाले ती पर्यटकले २१ करोड ७२ लाख १४ हजार ३ सय २७ रुपैयाँ रोयल्टी तिरेको बताए । अझै अनुमति लिने समय बाँकी रहेकाले ११० वटा समुह सम्म पुग्ने बताउँदै उनले भने, ‘मार्च अप्रिल, मे मूख्य सिजन भएकाले हिमाल चढ्ने पर्यटकको संख्या अझै बढ्न सक्नेछ ।’ अहिले ३९ समूह छन् ।

सबैभन्दा बढी सर्वोच्च शिखर सगरमाथा चढ्न अनुमति माग्नेहरु छन् । सगरमाथाका लागि १६१ जनाले अनुमति मागेका छ । सगरमाथा चढ्नका लागि मात्रै १९ करोड २२ लाख ७५ हजार ४ सय ७५ रुपैयाँ रोयल्टि बुझाएका छन् । यसमा १५ वटा समुह छन् । यस्तै ल्होत्से हिमालमा पनि पर्यटकको आकर्षण देखिन्छ ।

यसम हिमाल चढ्नका लागि ४ समुह जसमा ३५ जना छन् । उनीहरुले अनुमति लिएका छन् । उनीहरुले ६९ लाख ५६ हजार ९ सय १० रुपैयाँ रोयल्टी बुझाएका छन् ।

मकालुमा २ समुह (३० जना), अन्नपुर्णमा ३ समुह (२३ जना), कंचनजंगामा ३ समुह (२२ जना) ले अनुमती लिएका छन् । ग्याल्जेन पिकमा भने नेपाली समुहमात्रले अनुमति लिएका छन् ।

प्रकाशित मिति: Apr 4, 2019

प्रतिक्रिया दिनुहोस्