Logo
९ असार २०८२, सोमबार
(April 4, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आँधी प्रभावितका लागि डा. भट्टराईद्वारा प्रदेश सरकारलाई ५ लाख सहयोग

काठमाडौं : आइतबार बारा र पर्सामा आएको विनाशकारी आँधीबाट प्रभावित भएकाहरुका लागि नयाँ शक्ति नेपालका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले प्रदेश नम्बर २ सरकारमार्फत ५ लाख सहयोग गरेका छन् ।

भट्टराईले बिहीबार भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनललाई ५ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् । सो रकम मुख्यमन्त्री राहत कोषमा जम्मा हुने मन्त्रीले सोनलले जानकारी दिए ।

आइतबारको आँधीबाट बारा र पर्सामा गरी २९ जनाको मृत्यु भएको थियो ।

प्रकाशित मिति: Apr 4, 2019

प्रतिक्रिया दिनुहोस्