Logo
६ श्रावण २०८१, आईतबार
(April 4, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हावाहुरीले पारेको विपद्धबाट बारा र पर्साका २ हजार ४०४ घरमा क्षति

काठमाडौं : बारा र पर्सा जिल्लाहरुमा हावाहुरीले पारेको विपद्बाट २ हजार ४ सय चार घरमा क्षति पुगेको छ ।

बारामा १ हजार ८९५ घर र पर्सामा ५०९ घर नराम्ररी प्रभावित भएका हुन् । नेपाल रेडक्रसका कार्यकारी निर्देशक उमेश ढकालले प्रारम्भिक सर्वेक्षण अनुसार एकहजार ६२ घर पूर्ण क्षति भएको जानकारी दिए ।

यस्तै एक हजार तीनसय ४२ घरमा आंशिक क्षति पुगेको छ । मर्मत गरेर काम चलाऊ हिसावले बस्न मिल्नेलाई आंशिक क्षतिमा गणना गरिएको छ । बारामा नौ सय ४० घर पूर्ण क्षति छ भने नौ सय ५५ घर आंशिक क्षति छ ।

त्यस्तै पर्सामा १२२ घर पूर्ण क्षति भएका छन् भने ९४० घरमा आंशिक क्षति भएको छ । स्थानीय वडाध्यक्ष, रेडक्रस र शुरक्षाकर्मीको संयुक्त टोलीले यो तथ्यांक निकालेको हो ।

प्रकाशित मिति: Apr 4, 2019

प्रतिक्रिया दिनुहोस्