Logo
३१ जेष्ठ २०८२, शुक्रबार
(April 4, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाल बार एसोसिएसनको मतगणना अन्तिम चरणमा, अध्यक्षमा श्रेष्ठ र पोखरेलबीच कडा प्रतिस्पर्धा

नेपाल बार एसोसिएसनको मतगणना अन्तिम चरणमा पुगेको छ । पछिल्लो मतगणनामा नेकपा निकट प्रगतिशील र काँग्रेस निकट प्रजातान्त्रिक समूहबीच तीव्र प्रतिस्पर्धा देखिएको छ ।

मतगणनाको सुरुवातमा प्रजातान्त्रिक समुहका उम्मेदवार पोखरेलले अग्रता लिएका थिए । मतगणना अन्तिम चरणमा पुग्दा प्रगतिशीलका श्रेष्ठ झिनो मतले अगाडि देखिएका छन् ।

पछिल्लो मत गणना अनुसार प्रगतिशील पक्षका अध्यक्षका उम्मेदवार चन्डेश्वर श्रेष्ठले ८० मतले अग्रता लिएका छन् ।

श्रेष्ठले दुई हजार चार सय ४५ मत प्राप्त गर्दा प्रजातान्त्रिक समूहका सुनिलकुमार पोखरेलले दुई हजार ३ सय ७५ मत पाएका छन् ।

त्यस्तै महासचिवमा लोकतान्त्रिक समूहका लीलामणि पौडेल अगाडि छन् । पौडेलले दुई हजार चार सय ५४ मत ल्याउदा प्रगतिशील पक्षका पक्षका सुरेन्द्रबहादुर थापाले दुई हजार तीन सय १४ मत प्राप्त गरेका छन् ।

बिहीबार बेलुकासम्म मत गणना परिणाम सार्वजनिक गर्नेगरी मतगणना भइरकेको मुख्य निर्वाचन अधिकृत शिव रिजालले जानकारी दिए । अधिकृत रिजालका अनुसार दुई हजार पाँच सय ८५ मत गणना गर्न बाँकी छ ।

प्रकाशित मिति: Apr 4, 2019

प्रतिक्रिया दिनुहोस्