Logo
२ श्रावण २०८१, बुधबार
(April 3, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेविसंघका नेताहरुद्वारा प्रभावित क्षेत्रमा राहत वितरण

काठमाडौँ : प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको भ्रातृ संठन नेपाल विद्यार्थी संघले बारा-पर्सामा आएको आँधीबाट प्रभावितलाई राहत वितरण गरेको छ । पार्टी केन्द्रीय सदस्य तथा नेविसंघका पूर्वअध्यक्ष प्रदीप पौडेल नेतृत्वमा नेविसंघ टोलीले प्रभावित क्षेत्रका २ यस ५० घरधुरीलाई राहत वितरण गरेको हो ।

बाराको सुबर्ण गाउँपालिकाका प्रभावतिलाई दैनिक जीविकोपार्जनको लागि म्याट, झुल, बाल्टी, टर्चलाइट लगायतका सामाग्री वितरण गरेका नेविसंघका निर्वतमान केन्द्रीय सदस्य सुशील भट्टले जानकारी दिए ।

उनका अनुसार काठमाडौंबाट त्यहाँ पुगेको पौडेलसहित पूर्व महामन्त्री कुन्दन काफ्लेलगायतको टोली पीडितका लागि अस्थायी टहरा समेत निर्माणमा जुट्नेछ ।

प्रकाशित मिति: Apr 3, 2019

प्रतिक्रिया दिनुहोस्