Logo
८ जेष्ठ २०८२, बुधबार
(April 3, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अञ्जु पन्तको यो ‘पुरानो’ तस्विरले सर्वसाधारणदेखि नेतासम्म झुक्कियो

चर्चित गायिका अञ्जु पन्तले केहि समय अघि वीरगन्ज कारागार भित्र रहेको समता स्कुलका विद्यार्र्थीहरुलाई निःशुल्क कापी, झोला लगायत सामाग्रीहरु वितरण गरेकी थिईन् ।

पन्तले आफ्नो सहित उक्त सामग्रीको तस्बिर फेसबुक वालमा पोस्ट गरेकी थिईन । पन्तको उक्त तस्विर सामाजिक सञ्जाल प्रयोगकर्ताले बाइबल र केही राहत सामग्री बोकेर पन्त बारा पुगेको दाबी गर्दै धमाधम विरोध गरेका थिए । तर, भाइरल बनेको उक्त तस्बिर अहिलेको नभएर पुरानो भएको खुलेको छ । त्यो पनि अहिले दाबी गरिएजस्तो बाइबल नभएर किताब-कापी भएको खुलेको छ ।

सामाजिक सञ्जालमा यो तस्बिर भाइरल भइरहँदा राप्रपा अध्यक्ष कमल थापासमेत हल्लाको पछि लागेर हेलो सरकार र प्रधानमन्त्री केपी शर्मा ओली समेतलाई झक्झकाउन पुगेका छन् ।

आफ्नै नामबाट अञ्जु पन्त फाउन्डेसन स्थापन गरेर पछिल्लो समय सामाजिक काममा सक्रिय पन्त केही पहिले हिन्दू धर्म त्यगेर क्रिस्चियन बनेकी थिइन् । त्यसयता उनको विभिन्न समयमा क्रिश्चियन धर्मको प्रचारमा लागेको भन्दै आलोचना समेत हुँदै आएको थियो । यही क्रममा यो पटक भने गलत ढंगले प्रचार भएको पाइएको हो ।

प्रकाशित मिति: Apr 3, 2019

प्रतिक्रिया दिनुहोस्