Logo
९ श्रावण २०८१, बुधबार
(April 2, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बलात्कारीलाई उन्मुक्ति दिने जिल्ला न्यायाधीश दवाडी उच्च अदालतमा सिफारिस

काठमाडौ : बलात्कार तथा ज्यान मार्ने उद्योगका आरोपीलाई साधारण तारेखमा रिहा गरेर चर्चामा आएका जिल्ला न्यायाधीश बालमुकुन्द दवाडी उच्च अदालतको न्यायाधीशमा सिफारिस भएका छन् ।

मंगलबार बसेको न्याय परिषद्को बैठकले दवाडीसहित १८ जनाको नाम सिफारिस गरेको हो । ललितपुरका जिल्ला न्यायाधीश दवाडीको एकल इजलाशले २६ पुस ०७४ मा सामुहिक बलात्कार, ज्यान मार्ने उद्योग र चोरी मुद्दाका तीनजना आरोपीलाई साधारण तारेखमा छाड्ने आदेश दिएको थियो ।

त्यसको एक महिनापछि २५ माघमा उक्त फैसला उच्च अदालत, पाटनले बदर गरेको थियो । न्यायाधीश दवाडीको इजलाशले छाड्न आदेश दिएका तीनजनालाई गत फागुन १७ गते जिल्ला अदालतले दोषी ठहर गर्दै सामूहिक बलात्कारमा १० वर्ष, ज्यान मार्ने उद्योगमा १० वर्ष र चोरीमा ६० दिन जेल सजाय र एक एक लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला गरेको थियो ।

न्यायधीस दवाडीले बलात्कारीको आर्थिक प्रलोभनमा अभियुक्तलाई साधारण तारेका छाडेका थिए भने अभियुक्तको धम्किकै कारण पीडित युवति विस्थापित भएकी थिईन् ।

प्रकाशित मिति: Apr 2, 2019

प्रतिक्रिया दिनुहोस्