Logo
३२ जेष्ठ २०८२, शनिबार
(April 4, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बार एशोसियनको मतगणना : मंगलबार दिउँसोदेखि लोकतान्त्रिक प्यानलको अग्रता

काठमाडौँ : नेपाल बार एशोसियनको मतगणनामा लोकतान्त्रिक समूहले अग्रता लिएको छ । सोमबारदेखि भएको मतगणनामा मंगलबार दिउँसोदेखि लोकन्त्रिक समूहले अग्रता लिएको हो ।

निर्वाचन समितिका अनुसार लोकतान्त्रिक समूहबाट अध्यक्षका उम्मेदवार बनेका सुनील पोखरेलले ७३४ मत पाएका छन् भने प्रगतिशिल समूहका अध्यक्षका प्रतिस्पर्धी चण्डेश्वर श्रेष्ठले ६६९ मत ल्याएका छन् ।

महासचिवमा लोकतान्त्रिकका लीलामणि पौडेलले ७२१ र प्रगतिशिलका सुरेन्द्रबहादुर थापाले ६५० मत पाएका छन् । अहिले काठमाडौं उत्पत्यका बाहिरको मतगणना भइरहेको छ ।

निर्वाचन समितिले मंगलबार रातिसम्म उपत्यका बाहिरको गणना सक्ने जनाएको छ । शनिबार भएको मतदानमा देशभर रहेका बारका १० हजार ३१३ मतदाता मध्ये ८ हजार ३२९ मतदाताले मतदान गरेका थिए ।

प्रकाशित मिति: Apr 2, 2019

प्रतिक्रिया दिनुहोस्