Logo
१ श्रावण २०८१, मंगलबार
(April 2, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पीडितहरुको उद्धारमा लाग्न संगठनका कार्यकर्तालाई विप्लवको निर्देशन

काठमाडौं : आइतबार साँझका बारा र पर्सामा आएको भिषण आँधी-हुरीसहितको असिना र पानीका २७ जनाको ज्यान जाने गरी भएको क्षति प्रति विप्लव नेतृत्वको नेकपाका महासचिव नेत्रविक्रम चन्दले सिङ्गो पार्टीलाई नै दुखी बनाएको भन्दै सम्बन्धीत घटना स्थलमा आफ्ना सम्पूर्ण पार्टी पंक्ति र जनवर्गीय संगठनका कार्यकर्ताहरुलाई उद्धारमा लाग्न निर्देशनसमेत दिएका छन् ।

उक्त प्राकृतिक प्रकोपमा परी ज्यान गुमाउने सबैप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्नुका साथै मृतकका परिवारप्रति गहिरो समवेदना र घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना पनि गरिएको छ ।

भिषण आँधी हुरीबाट दुखत घडिमा मृतकका परिवारलाई राहत, घाइतेहरुको शिघ्र स्वास्थ्य उपचारको व्यवस्था गर्नुका साथै घरबार विहीनहरुको व्यवस्थापनको माग पनि गरिएको छ । सम्बन्धित क्षेत्रको पार्टी पंक्तिलाई सबै क्षेत्रबाट सहयोग गर्न निर्देशन पनि गरेको छ।

प्रकाशित मिति: Apr 2, 2019

प्रतिक्रिया दिनुहोस्