Logo
१ श्रावण २०८१, मंगलबार
(April 2, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विपत्तिमा परेका स्थानियका लागि आफ्नो आधा महिनाको तलब दिने बाबुरामको घोषणा

काठमाण्डौं : नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले बारा-पर्सामा विपत्तिमा परेका स्थानीयका लागि आफ्नो आधा महिनाको तलब दिने बताएका छन् ।

डा. भट्टराईले विपत्तिमा परेका स्थानीयको उद्धार, राहतका लागि तन, मन र धनले लाग्न पार्टी पंक्तिलाई आह्वान गर्दै आफुले पनि अधा महिनाको तलब प्रदान गर्नेे बताएका हुन् ।

उनले पार्टीपंक्तिमा तीन बुँदे सर्कुलर जारी गर्दै भनेका छन् ‘बारा-पर्सामा भीषण आँधिबेहरीले पुर्याएको अकल्पनीय क्षतिप्रति हाम्रो पार्टी अत्यन्त दुखित छ र विपत्तिमा परेका जनताको उद्धार, राहत र पुनर्स्थापनामा सम्पूर्ण पार्टीपंक्ति तन, मन र धनले लागी पर्न जरूरी छ ।’

संयोजक डा. भट्टराईले प्रभावित क्षेत्र वरपरका जिल्ला र प्रदेशका पार्टी युनिटहरुलाई उद्धार र राहतमा सक्रियतापूर्वक लाग्न निर्देशन दिएका छन् ।

त्यसैगरी राहत र पुनसर््थापनाको निम्ति पार्टीका सबै सदस्यहरूले आआफ्नो हैसियत अनुसार आर्थिक सहयोग सिधै वा आआफ्नो कमिटी मार्फत् पार्टीको केन्द्रीय खातामा पठाउन भट्टराईले आह्वान गरेका छन् ।

जम्मा भएको रकमलाई एकमुष्ठ रूपमा २ नम्बर प्रदेशका मुख्यमन्त्रीको राहतकोषमा पठाइने जानकारी भट्टराइले जनाएका छन् ।

प्रकाशित मिति: Apr 2, 2019

प्रतिक्रिया दिनुहोस्