Logo
१ श्रावण २०८१, मंगलबार
(April 2, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

टिपर आतंक कायमै : मोटरसाइकललाई ठक्कर दिँदा बुटवल बहुमुखी क्याम्पसका प्राध्यापकको मृत्यु

बुटवल : सोमबार गएराति टिप्परको ठक्करबाट बुटवल बहुमुखी क्याम्पसका प्राध्यापकको मृत्यु भएको छ।

बुटवल उपमहानगरपालिका वडा नम्बर १० रामनगर स्थित धागो कारखाना नजिकै  सवा सात बजे भएको भएको उक्त दुर्घटनामा बुटवल बहुमुखी क्याम्पसका प्राध्यापक देवदह ४ निवासी डोलराज अर्यालको मृत्यु भएको हो। ५० वर्षीय अर्याल बुटवल बहुमुखी क्याम्पसका स्वास्थ्य तथा जनसंख्या अध्यापक रहँदै आएका थिए।

मोटरसाइकलमा सवार देवदह नगरपालिका खैरेनिबाट बुटवलतर्फ आउँदै गरेको लु २ ख २२३२ नम्बरको टिप्परले बुटवलबाट देवदहतर्फ जाँदै गरेको लु २२ प ४९७९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा अर्यालको मृत्यु भएको हो।

प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार टिपरको ठक्करबाट टाउकोमा गम्भीर चोट लागेका अर्यालको उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा लैजाने क्रममा मृत्यु भएको हो । ठक्कर दिने टिप्पर र चालक अहिले नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: Apr 2, 2019

प्रतिक्रिया दिनुहोस्