राष्ट्रपति र प्रधानमन्त्रीको अशोभनीय तस्विर सामाजिक संजालमा पोष्ट गर्ने २ पक्राउ
काठमाडौं : राष्ट्रपति र प्रधानमन्त्रीको मानमर्दनहुने गरी अत्यन्तअमर्यादित, अशोभनीय खालका तस्विर सामाजिक संजालमा पोष्ट् गर्ने २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
उक्त २ जनालाई केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा पाल्पा परान्दी गाउँपालिका ७ का २२ वर्षीय निर्मल गैरे र रुपन्देही साबिक शंकरनगर गाबिस-८ का २३ वर्षीय यमप्रसाद पन्थी रहेका छन् ।
गैरेलाई चैत १२ गते भक्तपुर नयाँठिमीबाट र पन्थीलाई चैत १३ गते चितवनबाट सो ब्यूरोबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । दुवै जनालाई विद्युतीय (ईलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको मुद्दामा आवश्यक अनुसन्धानकार्य भइरहेको सो ब्यूरोले जनाएको छ ।