हावाहुरी प्रभावित क्षेत्रमा खानेपानी विभागले पठायो प्रविधि जडान गरिएको वाटर एम्बुलेन्स
आईतबार साँझ बारा र पर्सामा आएको विनाशकारी हावाहुरी आँधीबाट प्रभावित क्षेत्रमा खानेपानी तथा ढल व्यवस्थापन विभागले पानी परीक्षण घुम्ती सेवा अर्थात् पानी (वाटर) एम्बुलेन्स पठाएको छ ।
हावाहुरी आँधीले क्षति पुर्याएको बस्तीमा पानीका कारण रोगव्याधिको प्रकोप फैलिन नदिन विभागले पानी शुद्धीकरण गर्ने आधुनिक उपकरण सहितको वाटर एम्बुलेन्स त्यसतर्फ पठाएको हो । फोहोरपानीलाई शुद्धीकरण गरी पिउन योग्य बनाउनका लागि वाटर एम्बुलेन्समा प्रविधि जडान गरिएको छ ।
पानी शुद्धीकरण गर्ने पियुष, एक्वा ट्याब र ब्लिचिङ पाउडर लगायतका सामाग्रीहरु बोकेर विभाग र खानेपानी डिभिजन कार्यालय ईटहरीबाट वाटर एम्बुलेन्स प्रभावित क्षेत्रमा गएको छ । पानी परीक्षण विशेषज्ञ किशोर पाण्डेको नेतृत्वमा टोली हावाहुरी प्रभावित क्षेत्रमा गएको छ ।