Logo
४ श्रावण २०८१, शुक्रबार
(April 1, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सर्लाहीमा ग्यास सिलिण्डर पड्किँदा ४ जना घाइते

सर्लाही : हरिपुर नगरपालिका-९ पिडारी बजारमा आज बिहान आगलागीका कारण पसलमा राखिएको ग्यास सिलिण्डर पडकिँदा चारजना घाइते भएका छन् । बिहानैदेखि चलेको हावाहुरीका कारण आगो फैलिँदा तीन पसल र एक घर जलेर नष्ट भएको छ । बजारमा फोहर नष्ट गर्न बालिएको आगो हावाहुरीले छेउमै रहेको खुश्वु फर्निचर उद्योग पुग्दा आगलागी हुनपुगेको थियो ।

फर्निचरबाट सल्किएको आगो चन्देश्वर साहको मासु पसलमा लाग्दा त्यसमा रहेको ग्यास सिलिण्डर पडकिँएर चारजना घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सिलिण्डर पडकिँदा हरिपुर नगरपालिका-९ पिडारीका ४५ वर्षीय विश्वनाथ साह र कविलासी नगरपालिका-१ पिपरियाका १९ वर्षीय भरत पण्डितको दाँहिने खुट्टा जलेको छ ।

सिलिण्डरबाट उछिटिएका टुक्रा लगेर पिडारीका १९ वर्षीय गौतम साह र ३० वर्षीय मञ्जुर अन्सारीको खुट्टा भाँच्चिएको छ । घाईतेलाई उपचारका लागि वीरगञ्ज पठाइएको छ ।  आगलगीमा परी फर्निचर उद्योग, चन्देश्वर र शत्रुधन साहको मासु पसल, रामपरी देवीको फुसको घर पूर्णरुपमा जलेर नष्ट भएको छ ।

 

प्रकाशित मिति: Apr 1, 2019

प्रतिक्रिया दिनुहोस्