Logo
७ जेष्ठ २०८२, मंगलबार
(April 1, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बसमा आगलागी हुँदा २० जनाभन्दा बढीको मृत्यु

लिमा, पेरु :  पेरुमा बसमा आगलगी हुँदा कम्तिमा २० जनाको ज्यान गएको त्यहाँको आपतकालीन सेवालाई उद्धृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ ।

स्थानीय समय अनुसार आइतबार राति राजधानी लिमाको एक बसपार्कमा रहेको बसमा आगलागी भएको हो । ज्यान गुमाउनेमा बसको दोस्रो तहमा रहेका यात्रु आगलागीबाट ज्यान गएको हो । उनीहरु धेरैको निसास्एिर ज्यान गएको हो । नेपाली समय अनुसार सोमबार बिहान सवा ६ बजेतिर बसमा विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने अग्निनियन्त्रकले बताएका छन् ।

घटनामा अरु धेरै मानिस घाइते भएका छन् । बसमा कतिजना थिए भन्ने सरकारी अधिकारीले खुलाएका छैनन् । आगलागीका कारण बस नष्ट भएको छ ।

प्रकाशित मिति: Apr 1, 2019

प्रतिक्रिया दिनुहोस्