Logo
३ श्रावण २०८१, बिहीबार
(April 1, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्राकृतिक विपद्रमा परि घाइते भएकाहरूको उपचारमा कमी हुन नदिन सरकारसँग सभामुखको आग्रह

काठमाडौँ : सभामुख कृष्ण बहादुर महराराले आइतबार साँझ आएको हावाहुरी, असिना पानीबाट बारा, पर्सालगायतका जिल्लाहरुमा भएको धनजनको क्षतिको खबरले आफुलाई स्तब्ध र मर्माहत बनाएको बताएका छन् ।

सभामुख महराले सोमबार विज्ञप्ति जारी गर्दै अकल्पनीय र दुखद प्राकृतिक विपद्का कारण निधन भएकाहरुप्रति भावपूर्ण श्रद्धाञ्जली तथा शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन् । सभामुख महराले प्राकृतिक विपद्मा परी घाइते भएकाहरूको स्वास्थ्य लाभको कामना गर्दै उनीहरूको उपचारमा कूनै कमी हुन नदिन सरकारसँग विशेष अनुरोध गरेका छन् ।

साथै प्राकृतिक विपद्मा परेका बारा र पर्सालगायतका जिल्लाहरुमा कुनै विलम्ब नगरी राहत र उद्धार कार्यलाई प्रभावकारी रुपमा अघि बढाउन सरकार र सरोकारवाला सबै निकायहरुलाई विशेष अनूरोध समेत गरेका छन् ।

उनले यस्ता प्राकृतिक विपद्बाट हुने जनधनको क्षति कम गर्नतर्फ र विपद् आइपरेमा तत्काल उद्धार कार्यलाई व्यवस्थित गर्न अल्पकालीन र दिर्घकालीनका योजना बनाई व्यवहारिक रुपमै लागु गर्न सरकारको विशेष ध्यानाकर्षण गराएका छन् ।

प्रकाशित मिति: Apr 1, 2019

प्रतिक्रिया दिनुहोस्