हावाहुरीको वितण्डा : उद्दार कार्य जारी, घाइतेले भरिए अस्पताल (ताजा तस्विरसहित)
बारा : प्रदेश २ मा विनाशकारी हावाहुरीले बितण्डा मच्चाएको छ । आइतबार साँझको भीषण हावाहुरीका कारण बारामा मात्रै २७ जनाको ज्यान गएको पुष्टि भएको छ भने चारसयभन्दा धेरै घाइते भएका छन् ।
घाइतेको वीरगञ्ज र कलैयाका विभिन्न अस्पतालमा उपचार भैरहेको छ । अस्पताल घाइतेले भरिएका छन् । राति भएका कारण उद्दारको काम प्रभावकारी हुन नसकेको र सोमबार उज्यालो हुनेबित्तिकै उद्दारको काम तीव्र रुपमा भैरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
हावाहुरीपछि विद्युत्त अवरुद्ध भएकाले राति उद्दारको काम प्रभावकारी हुन नसकेको हो । हावाहुरीले घर भत्किँदा, बिजुलीको पोल ढाल्दा र केही ठाउँमा गाडी समेत पल्टिँदा धनजनको ठूलो क्षति पुगेको प्रहरीले जनाएको छ ।
हेर्नुस् ताजा तस्बिरहरु :