Logo
१ श्रावण २०८१, मंगलबार
(April 1, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

तराई-मधेशमा विनाशकारी हावाहुरी : २५ जनाभन्दा बढीको ज्यान गयो, ४ सयभन्दा बढी घाइते

आइतबार साँझ आएको हावाहुरीले तराई-मधेशका केही जिल्लामा ठूलो मानवीय क्षति पुर्याएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले ट्वीटमार्फत आइतबार आएको हावाहुरीका कारण २५ जनाको ज्यान गएको र ४ सय जना घाइते भएको जानकारी दिनु भएको छ ।

प्रदेश २ स्थित बारा जिल्लाको फेटामा हावाहुरीले एक इँटा भट्टाको चिम्नी लडाउँदा च्यापिएर तीन जनाको ज्यान गएको छ ।

त्यस्तै गुडिरहेको गाडी हावाले पल्टाउँदा दुई जनाको ज्यान गएको गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ । हताहत हुनेको संख्या अझै बढ्ने सक्ने आशंका गरिएको छ ।

हावाहुरीका कारण सयौँ बिजुलीका पोल ढलेको केन्द्रले जनाएको छ । उद्दारमा सुरक्षाकर्मीहरू परिचालित भइसकेको र उद्दारमा गम्भीर हुन र घाइतेको उपचारमा कुनै कमी आउन नदिन निर्देशित गरिएको प्रधानमन्त्री केपी शर्मा ओलीले जानकारी दिनु भएको छ ।

घटनाको थप विस्तृत विवरण अझै आइसकेको छैन ।

प्रकाशित मिति: Mar 31, 2019

प्रतिक्रिया दिनुहोस्