Logo
३१ असार २०८१, आईतबार
(March 31, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ओखलढुङ्गा जिप दुर्घटनामा मृत्यु हुने ६ जनाकै सनाखत

काठमाडौँ : ओखलढुङ्गाको मानेभञ्ज्याङमा जिप दुर्घटना हुँदा मृत्यु भएका ६ जनाकै सनाखत भएको छ ।

जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका अनुसार मृत्यु हुनेहरुमा ताप्लेजुङ जिल्लाको ओलाङचुङगोलाका ५५ वर्षीय मिङ्मा शेर्पा र ४५ वर्षीय साङ्गेल शेर्पा रहेका छन् । त्यस्तै काठमाण्डौ बौद्ध बस्ने ३५ वर्षीय नुर्बु शेर्पा, ४० वर्षीय ङ्वाङ सेर्तुङ शेर्पा, वाङ्दा शेर्पा र डोमा शेर्पा छन् ।

घाइते रहेका तीन जनाको परिचय खुलेको छैन । हलेसीबाट काठमाडौँका लागि छुटेको बा १६ च २२०६ नम्बरको जिप मानेभञ्ज्याङको भँडारे खोलामा दुर्घटना भएको थियो । प्रहरीले तीव्र गतिका कारण दुर्घटना भएको अनुमान गरेको छ ।

#सांकेतिक तस्विर

प्रकाशित मिति: Mar 31, 2019

प्रतिक्रिया दिनुहोस्