ओखलढुंगाको मानेभज्याङमा जिप दुर्घटना, ६ जनाको मृत्यु, ३ जनाको अवस्था गम्भिर
ओखलढुंगा : सोलुखुम्बुबाट काठमाडौंका लागि छुटेको बा १६ च २२०७ नम्बरको स्कारपियो ओखलढुंगाको मानेभज्याङ गाउँपालिका ६ हिलेपानीमा दुर्घटना भएको छ ।
उक्त दुर्घटनामा ६ जनाको घटना स्थलमै मृत्यु भएको छ, भने चालकसहित अन्य ३ जना गम्भिर घाइते भएका छन् । स्कारपियो सडकबाट अन्दाजी ३ सय मिटर तल खोलामा खसेको घटनास्थलबाट उद्धारकार्यमा खटेका प्रहरी जवान वीरबहादुर तामाङले बताए ।
दुर्घटनामा परी ज्यान गुमाउने तथा दुर्घटनामा पर्नेहरुको पहिचान खुल्न सकेको छैन । जिल्ला प्रहरी कार्यलयबाट प्रहरी प्रमुख पुष्पराज मल्ल नेतृत्वको टोली घटना स्थलतर्फ प्रस्थान गरिसकेको छ । घटनाको विषयमा थप विवरण आउन बाँकी छ ।
#सांकेतिक तस्विर