Logo
३१ असार २०८१, आईतबार
(March 30, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गुनासो दर्ता गराएर अनुदान नपाएका भूकम्प पीडितको पुन: सर्वेक्षण सुरु

काठमाडौं : निजी आवास अनुदानको लाभग्राहीमा नपरेको भनी गुनासो दर्ता गराएका गुनासोकर्ताको छुट तथा पुन: जाँच सर्वेक्षण सुरु भएको छ । प्राधिकरणबाट स्थानीय तहमा खटिएका तोकिएका इञ्जिनियरमार्फत् शुक्रबारदेखि गुनासो दर्ता गराएका गुनासोकर्ताको छुट तथा पुनः जाँच सर्वेक्षण सुरु गरिएको हो ।

प्राधिकरणले भूकम्पप्रभावित सबै जिल्लामा एकैसाथ शुक्रबारबाट सर्वेक्षण गर्ने योजना बनाएको भए पनि केही जिल्लामा भने आगामी चैत्र २० बाट मात्र सर्वेक्षण सुरु हुने प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले जानकारी दिए । ‘सर्वेक्षणमा खटिने इञ्जिनियरलाई तालिम भइसकेका जिल्लामा शुक्रबारदेखि सर्वेक्षण सुरु भएको छ भने बाँकी रहेका जिल्लामा चैत्र १८ र १९ गते तालिम सम्पन्न गरी चैत्र २० गतेबाट लगत संकलन हुनेछ’ उनले भने । सर्वेक्षणमा करिब ५ सय ५० इञ्जिनियरहरु परिचालन हुने पनि उनले बताए ।

प्राधिकरणले कुनै वास्तविक पीडित नछुटुन् भनेर स्थानीय जनप्रतिनिधिहरुको सिफारिस र अनुगमनमा सर्वेक्षण गर्ने व्यवस्था मिलाएको छ । प्राधिकरणले सम्पूर्ण स्थानीय तहका पदाधिकारीहरुलाई वास्तविक पीडितहरुको यथार्थपरक लगत संकलन कार्यमा सहयोग गरिदिन आग्रह गरेको छ । सर्वेक्षणको बारेमा जानकारी दिने र वास्तविक पीडितहरूको मात्र सर्वेक्षण होस् भन्ने आशयले हरेक जिल्लामा स्थानीय तहका प्रमुख र प्रशासकीय अधिकृतहरुका लागि १ दिने अभिमुखीकरण कार्यक्रम गरिएको छ ।

त्यसैगरी, सर्वेक्षणलाई व्यवस्थित गर्नका लागि हरेक जिल्लामा जिल्ला समन्वय समितिका प्रमुखको संयोजकत्वमा छुट तथा पुनः जाँच सर्वेक्षण सञ्चालन जिल्ला समिति समेत गठन गरिएको छ ।

प्रकाशित मिति: Mar 30, 2019

प्रतिक्रिया दिनुहोस्